राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त

84

काठमाडौँ, २५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

शुक्रबार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमान, नवराज सुवेदीलाई साउदी अरेबिया र बासुदेव मिश्रलाई श्रीलंकाका लागि राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...