काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो ।
‘संसदीय छानबिन समिति बनाउने सहमति भएको छ,’ लोसपा प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा बस्ने सदस्यको नामावली तयार हुँदै छ ।
११ सदस्यीय समितिमा नेकपा (एमाले)बाट ४ जना, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट समान २–२ जना, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १–१ जना रहने सहमति भएको छ ।