एमाले अध्यक्ष ओलीले संसद्‌मा सम्बोधन गर्ने

173

काठमाडौँ, २० असार । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज संसद्‌मा सम्बोधन गर्ने भएका छन् ।

अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्ना पालामा भएको भनेर सत्ता पक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले प्रष्ट पर्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यस्तै, अर्थ मन्त्रालयबाट बजेटका सूचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय र अन्य समसामयिक राजनीतिक परिस्थितिका बारेमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।

संसद् बैठक दिउँसो १ बजे बस्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...