प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

98

काठमाडौँ, १७ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । भेटमा दुई जनाबीच समसामयिक विषयमा छलफल भएको थियो ।

गायक चेतन सापकोटाका अनुसार प्रचण्ड र हमालबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको थियो । सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाली राजनीतिका महानायक र नेपाली चलचित्रका महानायकबीच भेटघाट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक चासो र चिन्ता दुवै नायक प्रफुल्ल ।”

दुई जनाबीच फिल्मी क्षेत्रका बारेमा पनि कुराकानी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...