उपत्यकामा थप तीन जनामा हैजा

81

काठमाडौँ, १७ असार । काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो संख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...