पर्यटनमन्त्री आलेले बुझाए राजीनामा

165

काठमाडौँ, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले यसअघि ४८ घन्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।

सोहीअनुसार उनले मन्त्री पदबाट दिएको राजीनामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् ।

माधव नेपालनिकट स्रोतका अनुसार मन्त्री आलेले राजीनामा बुझाएका हुन् । उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...