काठमाडौँ, ९ असार । गृह मन्त्रालयले १७ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवाका लागि सिफारिस गरेको छ ।
मन्त्रालयको बढुवा समितिको सचिवालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु बसन्त कुँवर, टेकप्रसाद राईलगायत १७ जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।
यसअघि एसएसपी हुँदा १३औँ नम्बरमा बढुवा भएका बसन्त पहिलो नम्बरमा सिफारिस भएका छन् । बढुवा सूचीमा ४ जना महिला एसएसपी पनि अटाएका छन् ।
उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ ।