काठमाडौँ उपत्यकामा ठुलो भूकम्पको धक्का

141

काठमाडौँ, २८ जेठ । शनिबार बिहान भूकम्पको महसुस भएको छ। काठमाडौँलगायतका क्षेत्रमा बिहान २ बजेर ३७ मिनेटमा झड्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भक्तपुरको ददिकोट आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यका, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महसुस गरिएको छ ।

 

 

Share This:
सम्बन्धित खबर
Loading...