भारत र चीनबाट वार्षिक २० लाख पर्यटक भित्र्याउन सकिन्छ : विनोद चौधरी

157

काठमाडौँ, १७ जेठ । नेपाली कांग्रेसका सांसद् तथा उद्योगपति विनोद चौधरीले भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्यवको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिएमा भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका हुन् ।

‘१० लाख पर्यटक भित्र्याउने भनिएको छ । त्यति मात्रै होइन । यहाँ पूर्वाधार र संरचना निर्माण गर्न सकेमा चाइना र भारतबाट मात्रै ५० लाख पर्यटक ल्याउन सकिन्छ,’ उनले भने ।

सरकारले पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाउने बजेट ल्याउनु सकारात्मक भएको भन्दै उनले प्रदेश सरकारलाई जिम्मेवार र अधिकार दिनुपर्ने बताए ।

अहिलेको बजेटले विकास आयोजनालाई अगाडि बढाउनका लागि प्रष्ट खाका ल्याएको भन्दै कार्यान्वयनमा लैजान सके त्यसले समग्र मुलुकको विकास हुने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...