जिम्बाब्वेविरुद्धको पहिलो एकदिवसीय खेलमा पाकिस्तान २६ रनले विजयी

179

एजेन्सी । जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तान विजयी भएको छ । शुक्रबार भएको खेलमा पाकिस्तानले जिम्बाब्वेलाई २६ रनको पराजित गरेको हो । जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १-० ले अग्रता लिएको छ ।

रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा २ सय ८१ रन बनाएको थियो । पाकिस्तानका लागि हरिस सोहेल र इमाम उल हकले अर्धशतकीय पारी खेले । सोहेलले ७१ तथा इमामले ५८ रन बनाए ।

यसैगरी, इमाद वसिमले अटआउट ३५, पहीम अस्रफले २३, अबिद अलीले २१ तथा कप्तान बाबर आजमले १९ रनको योगदान दिए ।

२ सय ८२ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले दुई बल बाँकी रहँदा अलआउट हुँदै २ सय ५५ रन मात्र बनाउन सक्यो । जिम्बाब्वेका विकेट किपर ब्याट्सम्यान ब्रेन्डन टेलरले १ सय १२ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै, वेस्ले मधेवरेले ५५, क्रेग इर्वाइनले ४१ तथा चामु चिभाभाले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन ।

पाकिस्तानका शाहीन अफ्रिदीले ५, वाहाब रियाजले ४ तथा इमान वासिमले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...