काठमाडौँ, ४ जेठ । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् ।
एमालेका विणा बास्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । खत्रीले नौ हजार ५५० मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बास्तोलाले नौ हजार १६० मत प्राप्त गरे ।
त्यसैगरी उपमेयरमा एमालेका रमेश बुढाथोकी विजयी भए । बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरेभने सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गरे ।
विजयी भएपछि खत्रीले सामान्य जनजीविकाका कुराहरुलाई सम्बोधन गर्दै आफूले काम सुरु गर्ने बताए ।
त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नम्बर १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी भएका छन् ।