काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले फराकिलो अग्रता कायम गरेका छन् ।
पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेका छन् । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।