रुपा गाउँपालिकामा कांग्रेसको आग्रता

148

कास्की, ३१ वैशाख । कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ । गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए ।

सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय बैठक बसी मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना भइरहेको र हाल ८०० जति मतगणना भइसकेको उनले जानकारी दिए । उनका अनुसार गणनामा वडा नम्बर १ मा नेपाली कांग्रेस र वडा नम्बर २ मा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...