आलमलाई थुनामुक्त गर्न अस्वीकार

113

काठमाडौँ, २३ वैशाख । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आज उच्च अदालत जनकपुरअन्तर्गत वीरगञ्ज इजलासको आदेशलाई सदर गर्दै आलमलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

विसं २०६४ चैत २७ मा भएको संविभानसभा निर्वाचनका क्रममा बम बिस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको ‘ज्यान मार्ने’ मुद्दाको अभियोग आलमलाई अदालतमा थुनामै राख्ने आदेश गरेको थियो ।

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाको उक्त आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सदर गरेपछि आलम थुनमुक्त गर्न आदेशको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेशलाई सदर गरेपछि आलमलाई थुनामै राख्नुपर्ने निर्णय भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...