काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट पाँच जनाको नाम सिफासि भएको छ ।
बिहीबार महानगर समितिले हालकी उपप्रमुख सिर्जना सिंहसहित पाँच जनाको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो ।
मेयरका लागि नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । मेयरका लागि सिफारिस परेकी सिर्जना सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
सत्तारुढ गठबन्धनले काठमाडौँको मेयर कांग्रेस र उपमेयर नेकपा (एकीकृत समाजवादी)को भागमा परेको थियो ।
तर, महानगर समितिले उपमेयरका लागि सुशीला ढकाल र अमिता प्रधान शाक्यको नाम पनि सिफारिस गरेको छ ।