कांग्रेसले बोलायो केन्द्रीय परिचालन समितिको बैठक

133

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएको हो ।

बैठक आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय (सानेपा)मा बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत चैत १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...