‘डी सिने अवार्ड’मा ‘मारुनी’को वर्चस्व

146

काठमाडौँ । शनिबार धुलिखेलमा आयोजना भएको ‘१२औँ डी सिने अवार्ड’मा नेपाली फिल्म ‘मारुनी’को वर्चस्व देखिएको छ । २ वर्ष अगाडि रिलिज भएका फिल्महरुलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड ‘मारुनी’ले प्राप्त गर्‍यो ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मबाट निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार सञ्जय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि अवार्ड जिते । अवार्ड ग्रहण गर्दै फिल्मकी निर्मात्री पुनम गौतमले भनिन्–‘राम्रो फिल्म बनाएको खण्डमा मुल्यांकन हुँदोरहेछ भन्ने महसुस भएको छ । आगामी दिनमा अझै उत्कृष्ट फिल्म बनाउने बाचा गर्दछु ।’

अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड जितेका थिए ।

कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र नायिका शोभिात सिंखडा अवार्डको जुरी थिए ।

नायिकातर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही चलचित्रबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर फिल्मको अवार्ड पनि ‘छ माया छपक्कै’को पोल्टामा गयो ।

कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्दलाई प्रदान गरियो । नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई अवार्ड प्रदान गरिएको थियो ।

छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २२२ रुपैयाँसहित प्रदान गरियो ।

२७ विधामा प्रदान गरिएको अवार्डका विजेताहरु
१. उत्कृष्ट पार्श्व संगीत : एलिस कार्की (साङ्लो)
२. उत्कृष्ट ध्वनीमिश्रण : अमित श्रेष्ठ (जात्रै जात्रा)
३. उत्कृष्ट गीतकार : राजेन्द्र थापा – जुनको जुनेली (छ माया छपक्कै)
४. उत्कृष्ट पाश्र्व गायिका : इतु जोजीजु – बिर्सन सकिन (मखमली मखमली)
५. उत्कृष्ट पाश्र्व गायक : कृष्ण काफ्ले – हाने मैले झटारो (मारुनी)
६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार : बसन्त थापा – जुनको जुनेली (छ माया छपक्कै)
७. उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ (लभ डायरीज)
८. उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज – एम जी रोडैमा (हजार जुनीसम्म)
९. उत्कृष्ट द्वन्द्व निर्देशक : श्री श्रेष्ठ (साङलो)
१०. उत्कृष्ट हाँस्यकलाकार : केदार प्रसाद घिमिरे (छ माया छपक्कै)
११. उत्कृष्ट खलपात्र : प्रकाश शाह (साङ्लो)
१२. उत्कृष्ट कथा : गोविन्द फूयाँल (मारुनी)
१३. उत्कृष्ट पटकथा : आशुतोष राज श्रेष्ठ (जाइरा)
१४. उत्कृष्ट सम्वाद : रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा (कबड्डी कबड्डी कबड्डी)
१५. उत्कृष्ट नव–नायिका : रुवीना थापा (लभ डायरीज)
१६. उत्कृष्ट नव–नायक : अंकीत शर्मा (रातो टीका निधारमा)
१७. उत्कृष्ट नव–निर्देशक : विराज भट्ट (साङ्लो)
१८. उत्कृष्ट चरित्र अभिनेत्री : मिथिला शर्मा (आमा)
१९. उत्कृष्ट चरित्र अभिनेता : माओत्से गुरुङ (कबड्डी कबड्डी कबड्डी)
२०. उत्कृष्ट सह–अभिनेत्री : स्वस्तीमा खड्का (हजार जुनीसम्म)
२१. उत्कृष्ट सह–अभिनेता : जीतु नेपाल (छ माया छपक्कै)
२२. उत्कृष्ट छायाँकार : सञ्जय लामा (मारुनी)
२३. उत्कृष्ट सम्पादक : बिपिन मल्ल (छ माया छपक्कै)
२४. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (छ माया छपक्कै)
२५. उत्कृष्ट अभिनेता : पुष्प खड्का (मारुनी)
२६. उत्कृष्ट निर्देशक : नवल नेपाल (मारुनी)
२७. उत्कृष्ट फिल्म : मारुनी (पुनम इन्टरटेनमेन्ट प्रालि)
प्रोत्साहन अवार्ड : क्षितिज सुवेदी (वीर विक्रम २)
साउण्ड एडिटर : किशोर आचार्य (सानो मन)
भिएफएक्स आर्टिस्ट : समिर मियाँ (साङ्लो)
वर्षको पपुलर गायिका : मिलन नेवार- चरीले काफल (साङ्लो)
निर्देशक : दीपेन्द्र लामा (छ माया छपक्कै)
पपुलर फिल्म : छ माया छपक्कै (रोहित अधिकारी फिल्म्स् एन्ड आमा सरस्वती मुभिज् प्रालि)

Share This:
सम्बन्धित खबर
Loading...