ओलीको प्रश्न : दिल्ली दूतावासमा ‘चुच्चे नक्सा’ किन हटाइयो ?

314

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाएका छन् ।

आइतबार बुद्धिजीवि परिषद्को अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने,“नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?”

आफूले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जानु लाग्नुभएको भनी सोध्दा जबाफ नदिएको भन्दै ओलीले भने,“यसकै लागि जानुभएको रहेछ ।”

प्रधानमन्त्री देउवाले आफ्नो सरकारले जारी गरेको चुच्चे नक्साबारे चासो नदेखाएको उल्लेख गर्दै भनेका छन्,“सरकारका सय दिन भनेर किताब ल्याउनुभयो शेरबहादुरजीले, त्यहाँ त चुच्चे नक्सा नै गायब थियो । फेरि हिजो दूतावासमा पनि बुच्चे नक्सा झुन्ड्याइएको थियो ।”

यसअघि ओलीले प्रधानमन्त्रीलाई सोधे– “के यो साधारण कुरा हो ? तपाईं चुच्चे नक्सा हटाएर फर्किने हो ?” योभन्दा राष्ट्रको दलाली केही नहुने ओलीको भनाइ थियो ।

प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसद्ले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?,” ओलीले प्रश्न गरेका छन्,“अब बुद्धिजीवि हात बाँधेर बस्ने कि चुप लागेर बस्ने कि?”

Share This:
सम्बन्धित खबर
Loading...