बालिका मृत्यु प्रकरण : अवस्थालाई शान्तिपूर्ण रुपमा समाधान गर्न गृहमन्त्री खाणको निर्देशन

215

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सर्लाही जिल्लाको बागमती नगरपालिका–७ निमिचोकमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई शान्तिपूर्णरुपमा समाधान गर्न निर्देशन दिएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई बिहीबार टेलिफोन गरी परिस्थितिलाई बल प्रयोग नगरी शन्तिपूर्णरुपमा समाधान गर्न निर्देशन दिएका हुन् । स्कुले बालिकाको क्रेनको ठक्करबाट मृत्यु भएपछि त्यहाँ असामान्य अवस्था सिर्जना भएको थियो ।

मन्त्री खाणको निर्देशनअनुसार नै सबै पक्षसँग वार्ता र फलफल गरेर समस्याको निराकरण गर्ने प्रयास गरिरहेको प्रजिअ गौतमले जानकारी दिए ।

बिहीबार मध्यान्ह बागमती नगरपालिका–निमिचोकको भित्री सडकखण्डमा गाजली चोकबाट बागमतीतर्फ जाँदै गरेको क्रेनले साइकललाई ठक्कर दिँदा सइकलयात्री १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमै मृत्यु भएको थियो ।

बालिकाको मृत्यु भएपछि घटनास्थलमा भेला भएका मृतकका आफन्त, स्थानीय बासिन्दा र स्कुले विद्यार्थीले ठक्कर दिने क्रेन जलाइदिएका थिए भने सडक अबरुद्ध गरिएको थियो ।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन र सडक खुलाउन ६ राउन्ड अश्रुग्यास फायर गरेको छ । प्रजिअ गौतमले क्रेन चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...