जनताको अपेक्षा एमालेको नेतृत्वमा बलियो सरकार : शंकर पोखरेल

254

काठमाडौँ । नेकपा (एमाले)का महाशचिव शंकर पोखरेलले तराई मधेसमा एमाले प्रवेशको लहर चलेको दाबी गरेका छन् ।

बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताए ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोजगारी समस्या समाधान गर्र्दै मुलुकको नाटकीय परिवर्तनका लागि विकास निर्माणलाई प्राथमिकता दिइने बताए ।

उनले भने,“एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेको छ, एमालेले सरकारको नेतृत्व गर्छ । विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउने छ ।”

उनले एमालेको मुख्य एजेन्डा विकास र समृद्धि रहेको बताउँदै गरिबी र बेरोजगारीको अन्त्य नै एमालेको मुख्य रहेको उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...