पाँच वर्षे रणनीति तयार : मन्त्री श्रेष्ठ

93

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्कालै लागु गर्नेगरी मन्त्रालयको पाँच वर्षे रणनीति तयार पारेको बताएका छन् ।

काठमाडौँमा आायोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको कार्यभार सम्हालेदेखि हालसम्मको प्रगति सार्वजनिक गर्ने क्रममा उक्त जानकारी गराएका हुन् ।

सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाइ सहजरुपमा सेवा प्रदान गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिन थालेपछि हाल दैनिक औसतमा एक हजार जनाले घरबाटै सेवा लिने गरेका छन् ।

श्रमिकको गुनासो तत्काल निराकरण गर्न, राहत उद्धार क्षतिपूर्तिको सिफारिस गर्न र अन्तर निकाय समन्वयका लागि र्‍यापिड रेस्पोन्स टिमबाट काम भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

आफूले मन्त्रालयको नेतृत्व लिएपछि नयाँ गन्तव्य मुलुककारुपमा बेलायत, माल्दिभ्स, सिसेल्स र इजरायलसँग श्रम सम्झौताका लागि पहल गरेको उनले बताए ।

नेपाली कामदारको व्यवसायिक सुरक्षा सुनिश्चित गर्न, करार सम्झौताको व्यवस्थालाई प्रभावकारीरुपमा लागु गर्न तथा विदेशमा कार्यरत नेपाली श्रमिकको समस्या समाधानबारे विभिन्न १२ देशका राजदूत तथा अन्तर्राष्ट्रिय संगठनका नेपालस्थित प्रतिनिधिसँग आवश्यक परामर्श गरेको उनले जानकारी दिए ।

वैदेशिक रोजगारीमा गइ फर्केका नागरिकको पुनः एकीकरण सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८ तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको मन्त्री श्रेष्ठले उल्लेख गरे ।

अहिले १७८ मुलुकमा नेपाली नागरिक व्यक्तिगत श्रम स्वीकृति लिएर जान पाउँछन् भने ११० देशमा संस्थागतरुपमा श्रम इजाजत लिएर जान पाउने गरेका छन् ।

मन्त्री श्रेष्ठले २०७८ असोज २२ गते मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...