प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जान सक्छन् : प्रधानमन्त्री देउवा

174

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीलाई गठबन्धन गरेर नलाने हो भने प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जाने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले गठबन्धन गर्नु हुँदैन भन्ने नेताहरुप्रति आक्रोश पोख्दै एमाले अझै बलियो बन्दै गएको र नेपालमा कम्युनिस्टहरु धेरै ठुलो संख्यामा रहेकाले गठबन्धन आवश्यक भएको बताए ।

देउवाले भने,“गठबन्धन कांग्रेस जिताउन गर्ने हो । हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? एमालेलाई फुटेको नसोचौँ, केपी ओली झन् बलियो बनेका छन् । भोलि माओवादीहरु एमालेसँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छ ? मिल्दिन्छ नि जहाँ जितिन्छ त्यहीँ ? लखेटेपछि कहाँ जान्छन् ? ओलीलाई कमजोर नआँकौँ, धेरै बलियो छ एमाले ।”

देउवाले कांग्रेसलाई बलियो बनाउन र कम्युनिस्ट मिल्न नदिन गठबन्धन आवश्यक रहको दोहोर्याए ।

Share This:
सम्बन्धित खबर
Loading...