बेङ्गलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बइ प्लेअफमा पुग्ने पहिलो टोली बन्यो

218

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्स विजयी भएको छ । जितसँगै मुम्बइ आइपिएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बुधबार भएको खेलमा मुम्बइले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई ५ विकेटले पराजित गर्याे ।

१ सय ६५ रनकाे मध्यम लक्ष्य पाएकाे मुम्बइले पाँच बल बाँकी रहँदा ५ विकेटकाे क्षतिमा पुरा गर्याे । मुम्बइकाे जितमा सूर्यकुमार यादवले खेल जिताउ पारी खेले । यादवले ४३ बलमा ३ छक्का र १० चाैककाे मद्धतमा नटआउट ७९ रन बनाए ।

यसैगरी, इशान किशनले २५, क्वुइन्टन डि काेकले १८, हार्दिक पाण्ड्याले १७ तथा क्रुणाल पाण्ड्याले १० रनकाे याेगदान दिए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेङ्गलोरले निर्धारित २० ओभरमा १ सय ६४ रन बनाएको थियो ।

पारीलाई राम्रो सुरुवात गरेका जोस फिलिप र देवदत्त पडिक्कले मिलेर ७१ रनको साझेदारी गरेका थिए । पडिक्कलले सर्वाधिक ७४ रन तथा फिलिपले ३३ रनको पारी खेले । यस्तै, एबी डि भिलियर्सले १५, गुरकिरत सिंह मानले १४ तथा वासिङ्टन सुन्दरले १० रन जोड्दा विराट कोहलीले ९ रन बनाए ।

मुम्बइका जसप्रीत बुम्राहले ३, किरोन पोलार्ड, ट्रेन्ट बोल्ट र राहुल चाहरले समान एक-एक विकेट लिए ।

मुम्बइ र बेङ्गलाेरबीचकाे खेल सकिएसँगै आइपिएलमा १२औं संस्करणकाे खेल समाप्त भएकाे छ । १२ चरणकाे खेलमा सकिँदा ८ खेलमा जित र ४ मा हारसहित १६ अंक जाेडेकाे मुम्बइ प्लेअफमा पुग्ने पहिलाे टाेली बनेकाे छ ।

यस्तै, बेङ्गलाेर र दिल्ली क्यापिटल्सकाे समान १४ अंक भएपनि रनरेटका आधारमा बेङ्गलाेर दाेस्राे र दिल्ली तेस्राे स्थानमा रहेका छन् ।

यसैगरी, प्लेअफका लागि संघर्ष गरिरहेकाे पञ्जाब, काेलकाता, हैदराबाद र राजस्थान क्रमश चाैथाे, पाँचाैं, छैटाैं र साताैं स्थानमा रहेका छन् भने प्लेअफबाट बाहिरिसकेकाे चेन्नइ पुछारमा रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...