समाजको भावनालाई बुझेर ‘पीर’ गीतबाट विवादित दृश्य हटाए : प्रकाश सपुत

337

काठमाडौँ । कलाकार प्रकाश सपुतले समाजको भावनालाई बुझेर पीर गीत विवादित दृश्य हटाएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रम उहाले पीर गीतमा रहेको देहव्यापारसम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताए ।

आफू समाजबाट परिचालित भएको भन्दै अन्य कुनै शक्तिले आफूलाई परिचालित नगरेको उनले बताए । त्यस्तै, सोही पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केही दृश्य हटाउनु परेको प्रष्टीकरण पनि उनले दिए ।

त्यस्तै सोही गीतकी अभिनेत्री सुरक्षा पन्तले दृश्य हटाउने कुरा गायक सपुतको नितान्त व्यक्तिगत कुरा भएको बताइन् । अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको पनि बताइन् ।

पीर गीतमा रहेको देहव्यापारसम्बन्धी दृश्य समावेश गरेको भन्दै सपुतको केहीले सपुतको आलोचना गरेका थिए । त्यसलगत्तै सपुतले गीतबाट उक्त दृश्य हटाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...