पल शाहका म्यानेजरको बयान : घटना सामसुम पार्न मेरो तलब दोब्बर बनाएका थिए

330

काठमाडौँ । नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहसहित उनका म्यानेजर कृष्ण जोशीलाई समेत प्रतिवादी बनाएर मंगलबार मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पल शाहलाई १२ देखि १४ वर्ष कैद र पीडितलाई क्षतिपूर्ति भराउन माग गर्दै मंगलबार मुद्दा दायर गरेको हो ।

शाह पक्राउ परेपछि उनले घटना ढाकछोप प्रयास गरेको आरोप जोशीमाथि छ । पीडितलाई धम्बी दिएको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो ।

अनुसन्धानको क्रममा मिडियामा नाबालिग र शाहको बलात्कार घटनाबारे फाट्टफुट्ट समाचार बाहिरिन थालेपछि जोशीको खोसिएको म्यानेजरको जागिरसमेत पुनः दिएको पाइएको छ । त्यतिमात्रै होइन यो घटना सामसुम पार्न भन्दै २५ हजार तलबबाट शतप्रतिशत वृद्धि गर्दै शाहले जोशीलाई मासिक ५० हजार रुपैयाँ दिने गरेको समेत खुलेको छ ।

कृष्ण जोशीको बयान यस्तो छ
मैले पल शाह भन्ने पूर्वविक्रम शाहसँग मासिक २५ हजार रुपैयाँ तलब लिइ फिल्म, गीत, संगीत र विज्ञापन तथा स्टेज कार्यक्रममा पूर्णविक्रम शाह सहभागी हुने तथा अभिनय गर्न रकम, कार्यक्रम र समय निर्धारण गर्ने तथा सुटिङको क्रममा विभिन्न स्थानमा जाँदा सुटिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने म्यानेजरको जिम्मेवारी निर्वाह गर्दै आएको थिए ।

शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिग र प्रतिवादी शाहबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो । शाहसँग मेरो मनमुटाव भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए ।

२०७८ सालको असार अन्तिम हप्तातिर पीडितले मलाई सम्पर्क गरी पल शाहले मलाई नराम्रो व्यवहार गरेपछि वास्ता गर्न छाडेका छन् भनिन् ।

म लगायतले पीडित र पल शाहलाई बुझ्दा नाबालिगले आफूलाई पूर्णविक्रम शाहले माया प्रेम गरेको विश्वासमा पारी पटकपटक जबरजस्ती करणी गरेको कारण म पीडामा छु भनेकी थिइन् ।

प्रतिवादी पूर्णविक्रम शाहले गर्लफ्रेन्ड, ब्वाइफ्रेन्डबीचको अन्डरस्टान्डिङमा भयो होइन, तैपनि हामीसँगै हुँदा केही भयो होला स्वीकार्नै पर्छ, बिहे नै गर्नैपर्छ भन्न चाहिँ मिल्दैन भन्ने शब्दहरु बोलेका थिए ।

शाह र पीडित नाबालिगको सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि प्रतिवादी पूर्णविक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नुपर्यो भन्दै मासिक तलब वृद्धि गरी दोब्बर ५० हजार रुपैयाँ दिएर पुनः म्यानेजरको जिम्मेवारीमा फर्काएकाले मैले पीडित नाबालिगलाई तिमीहरु एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊँ, भविष्य राम्रो हुन्छ भनेको हो ।

पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले…लाई नाबालिग के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ । तर, …ले भनेअनुसार काम नगरेकीले निजलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ ।

निजले पेस गरेको म्यासेज मैले पठाएको हो । मैले पीडितलाई सम्झाउने क्रममा मलाई मान्छे मार्न केहीजस्तो लाग्दैन भन्ने शब्दहरु प्रयोग गरेको हुँ ।

Share This:
सम्बन्धित खबर
Loading...