एमालेसँग तालमेल गर्ने तत्काल कुनै सम्भावना छैन : प्रचण्ड

275

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग निर्वाचनमा तालमेल गर्ने तत्काल कुनै सम्भावना नरहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने,“एमालेसँग तत्काल कुनै तालमेल हुने सम्भावना नै छैन । त्यो प्रवृत्तिसँग हाम्रो तालमेल हुन्न ।” राजनीतिमा असम्भव भन्ने पनि केही नरहेको उनको भनाइ छ ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न जाँदा जुन व्यवहार देखियो त्यसले पनि अहिले नै एमालेसँग मिल्न सक्ने अवस्था नरहेको बताए ।

बुटवलमै आयोजित एक कार्यक्रममा बुधबार माओवादी नेता वर्षमान पुनले भने एमालेसँग तालमेलको ढोका बन्द भइनसकेको बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...