सत्तामा हुँदा एमसीसी अघि बढाउनेले अहिले विरोध गर्नुको अर्थ छैन : प्रधानमन्त्री देउवा

235

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तामा हुँदा अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताएका छन् ।

सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसद्मा पेस भएको प्रस्ताव नै अहिले पारित भएको बताए ।

उनले नेकपा (एमाले)का सांसद् भीम रावलप्रति असन्तुष्टि पोख्दै सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताएका हुन् ।

“केपी ओलीले पेस गर्नुभएको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन ? एमसीसी खराब थियो भने त्योबेला मन्त्रीबाट राजीनामा किन नदिएको ?” उनले भने ।

आफू पुगेको स्थानको प्रशंसा गर्दै देउवाले किस्पाङ गाउँपालिका विकटता भए पनि सुन्दर रहेको बताए । भारतबाट आयात हुने तरकारी तथा दुधजन्य पदार्थलाई विस्थापन गर्न नुवाकोटको कृषि खेतीले योगदान दिने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...