कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान [पूर्णपाठ]

247

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रित फागुन २९ देखि सुरु हुने निर्वाचन अभियानको कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको कार्यतालिका र उदेश्य सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई आवश्यक जिम्मेवारी दिने बताए ।

उनले फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए ।

अभियान अन्तर्गत कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, एमसीसीका बारेमा जनतालाई जानकारी गराउने योजना कांग्रेसको छ ।

त्यस्तै, केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने र आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरुलाई सम्बन्धित वडामा अथवा आवश्यकता अनुरुप फरक–फरक वडामा परिचालन गरिने प्रवक्ता महतले बताए ।

अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिने र समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पश्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिने उनले जानकारी दिए ।

नेपाली कांग्रेस
Share This:
सम्बन्धित खबर
Loading...