स्थानीय तह निर्वाचनमा ठुलो सफलता प्राप्त गर्छौँ : नेपाल

297

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठुलो सफलता प्राप्त गर्ने दाबी गरेका छन् ।

सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौँमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरी ठुलो सफलता हात पार्ने बताएका हुन् ।

पार्टीले आगामी चुनावमा केन्द्रित भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए ।

“हामी आगामी चुनावको तयारीलाई फोकस गरेर, केन्द्रबिन्दुमा राखेर त्यसको निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरुको विस्तार गर्दै चुनावसम्बन्धी परिचालन कमिटी पनि हामी बनाउँदै जानेछौँ । र जो–जोसँग हाम्रो तालमेल मिल्नेछ तालमेल मिले हामी चुनावमा अत्याधिक ठुलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...