एमसीसीको ‘व्यख्यात्मक घोषणा’ केही दलको लाज छोप्ने टालो मात्रै : ईश्वर पोखरेल

217

काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसीको व्यख्यात्मक घोषणा केही दलको लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरेका छन् ।

ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा पोखरेलले गठबन्धन नै टुट्ने भएपछि बाध्य भएर एमसीसीको व्यख्यात्मक घोषणा ल्याएको र सो घोषणा केही दलको लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरेका हुन् ।

एमसीसीको व्यख्यात्मक घोषणा बसवास भएको उनको भनाइ छ । पोखरेलले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतामा असर नपर्ने गरी मुलुकको हितका लागि अन्य देशको सहयोग स्वीकार गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, उनले ताजा जनादेशमा जान्छु भन्दा नमान्ने तर संविधान रक्षा गर्ने नाममा आपराधिक काम भएको भन्दै घृणित दक्षिणपन्थी अवसरवादको अगुवाइ माधव नेपालले गरेको बताए । उनले एमालेलाई मार्गदर्शन गर्ने विचार जनताको बहुदलीय जनवाद नै भएकाले विचारबाट तलमाथि हुन नसक्ने स्पष्ट पारे ।

पोखरेलले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

Share This:
सम्बन्धित खबर
Loading...