काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले अमेरिमी सहयोग नियोग एमसीसीसँगको सम्झौताको पक्षमा उभिने निर्णय गरेको छ ।
आइतबार बिहान अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई सहभागी बैठकले एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो ।
यसअघि जसपा कार्यकारिणी समितिको बैठकले एमसीसीका विषयमा निर्णय गर्न नसक्दा शीर्ष नेतालाई जिम्मा दिएको थियो ।
आइतबार तीन शीर्ष नेताको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको एक नेताले बताए । अब एमसीसीको पक्षमा जसपाका १९ सांसद् नै उभिनेछन् ।
यसअघि उपेन्द्र यादव एमसीसीको विपक्षमा थिए भने संघीय परिषद् अध्यक्ष भट्टराई सुरुदेखि नै एमसीसीको पक्षमा वकालत गर्दै आएका छन् ।