काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूहरु अहिले रक्तपातविहीन युद्धमा रहेको बताएका छन् ।
शनिबार बिहान काठमाडौँमा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा आज आयोजित कार्यक्रममा उनले युद्ध जारी रहेको बताएका हुन् । “अहिले हामी रक्तपातहीन युद्धमा छौँ । युद्ध रोकिएको छैन,” उनले भने । प्रचण्डले सत्ता गठबन्धन जोगाउने अन्तिम कसरत गरिरहेको बताए ।
एमसीसीको समस्या समाधान होस् र गठबन्धन पनि नटुटोस भनेर आफूहरु लागिपरेको पनि उनले बताए । “गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिरहेका छौँ,” उनले भने,“एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस भनेर छलफल भइराखेको छ । विकल्प खोजिरहेका छौँ ।”