कारको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

213

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा बुधबार बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर भाग्न खोजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...