झुटो कुरालाई सत्य बनाउन खोजियो : प्रकाशशरण महत

300

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसीको विषयमा झुटो कुरालाई सत्य बनाउन खोजिएको बताएका छन् । एमसीसीले देशको विकासमा सहयोग पुर्‍याउने भए पनि यहाँ अनावश्यक झुटको खेती गरेर त्यसलाई सावित गर्न खोजिएको उनको भनाइ छ ।

कांग्रेस राप्ती नगर समितिले आयोजना गरेको कार्यलय उद्घाटन समारोहमा उनले समाजमा छरिएरको भ्रमलाई चिर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले भने,“सत्यको मुख बन्द भयो भने झुटो बोल्नेको मुख चल्छ । झुटलाई सत्य बनाउन खोजिन्छ ।” एमसीसीलाई अन्योलमा राखेर गरिबी निवारण र आर्थिक विकासलाई रोक्न खोजिएको उनले बताए ।

नेपालले अन्य देशसँग ऋण लिँदा पनि विभिन्न सम्झौता हुने गरेको भन्दै उनले अहिलेको सहयोग उदारवाद रहेको बताए । ऋण दिने देशले पनि सर्त राखेर उसको कम्पनीलाई काम लगाउने गरी दिने गरेको भन्दै उनले भने,“यो परियोजना असफल बनाउन केही समूह र कम्युनिस्ट लागिपरेका छन् ।” विवाद गरेर संसद्मा रोकियो भने यो परियोजना असफल हुने भन्दै उनले सबै जनतालाई यसको पक्षमा उभिन आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...