राप्रपामा समाहित भए ज्ञानेन्द्र शाही र उनको अभियान

279

काठमाडौँ । नेपालका लागि नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । उनीसँगै उनको अभियान पनि राप्रपामा मिसिएको हो ।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रमबीच शाहीसहित उनको अभियान राप्रपामा समाहित भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुको गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए ।

मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो ।

समान विचार तथा सिद्धान्त बोकेर हिँडेका शक्तिहरुलाई एक ठाउँमा ल्याउने पार्टीको अभियानका क्रममा शाहीसहित उनको अभियानलाई प्रवेश गराइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...