काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे सत्तारुढ गठबन्धनबीच निर्णायक छलफल हुनअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका छन् ।
एमसीसीकै कारण गठबन्धन टुट्नेसम्मको चर्चा भइरहेका बेला सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताहरु छलफलमा जुटेका हुन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनबिना एमसीसी अगाडि बढाउन नहुने पक्षमा छन् । नेपाली कांग्रेस यसलाई अगाडि बढाउनुपर्ने अडानमा छ ।
यसले गठबन्धनबीच नै फाटो ल्याउने आशंका गरिएका बेला प्रचण्डले बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको थिए ।
गठबन्धनको बैठक साँझा ५ बजे बालुवाटारमा बस्दैछ ।