मन्त्री यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी

313

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी परेको छ ।

पत्रकार एवम् नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत् जाहेरी दरखास्त दिएका हुन् ।

२०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घटना उल्लेख गर्दै जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्यसमेत रहेकी मन्त्री यादवले माघ ५ गते गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ । उनलाई मन्त्रीबाट हटाउनुपर्ने आवाज पनि उठिरहेका छन् ।

आपराधिक दुरुत्साहनसम्बन्धी कसुर गरेको जाहेरी पत्रमा उल्लेख छ ।

मन्त्रीको उक्त अभिव्यक्तिले मुलुकी अपराध संहिता, २०७४को दफा ३५ को कसुर गर्न दुरुत्साहन दिने र द्वन्द्व फैलाउने जाहेरीमा उल्लेख छ ।

जाहेरीमा कानुनअुनसार हदैसम्मको कारबाहीको माग गरिएको छ । यसअघि नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पनि प्रहरीमा जाहेरी दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...