काठमाडौँ । मधेस प्रदेश सरकारमा एक जना राज्यमन्त्री थपिएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार नेकपा (एकीकृत समाजवादी)का नागेन्द्र राय यादवलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त राज्यमन्त्री यादवलाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनलाई आज बिहान प्रदेश प्रमुख हरिशंकर मिश्राको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनीयताको शपथ खुवाए । राज्यामन्त्री यादव रौतहट ३‘क’बाट निर्वाचित भएका हुन् ।
यसअघि, गएको मंसिर ५ गते एकीकृत समाजवादीबाट उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन् ।