पूर्वमिस युएसए चेस्लीले गरिन् आत्महत्या

136

काठमाडौँ । सन् २०१९ की मिस युएसए तथा म्यागजिन ‘एक्स्ट्रा’की संवाददाता चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । उनी यही जनवरी ३० मा न्युयोर्क सिटीमा मृत भेटिएकी हुन् ।

न्युयोर्क पोस्टका अनुसार ३० वर्षीया चेस्लीको न्युयोर्क सिटीको ३५० वेस्ट ४२ स्ट्रिटमा अवस्थित २०६.१५ मिटर अग्लो भवनबाट आइतबार बिहान ७ः१५ बजे हामफालेर मृत्यु भएको हो । उक्त भवनको नवौँ तलमा बस्ने उनी त्यसको सबैभन्दा माथिको तला अर्थात् २९औँ तलाको कौसीबाट हाम फालेकी हुन् ।

वासिङटन पोस्टमा विज्ञप्ति जारी गर्दै चेस्लीको परिवारले उनको मृत्युको खबर पुष्टि गरेको हो । विज्ञप्तिमा लेखिएको छ,“ठुलो शोकमा, हामी हाम्रो प्यारी चेस्लीको निधनको खबर सार्वजनिक गर्दै छौँ । उनको महान् ज्योति भनेको उनको सुन्दरता र शक्तिले संसारभरिकालाई प्रेरणा दिनु रह्यो ।”

Share This:
सम्बन्धित खबर
Loading...