‘विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन आयोगले दिएको निर्देशन पूर्वाग्रही’

189

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डालगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले आयोगको निर्णय पूर्वाग्रही भएको ठहर गर्दै कानुनी र राजनीतिक उपचार खोज्ने साथै यसबारे उपयुक्त समयमा आयोगलाई जबाफ दिने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनले कुनै पनि राजनीतिक दललाई विचारको आधारमा प्रतिबन्ध लगाउन नपाइने व्यवस्था हुँदा पनि आफ्नो दलका बारेमा अनावश्यक विषयमा प्रश्न उठाउने अधिकार आयोगलाई नरहेको बताए । उनले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको विधान संशोधनका लागि आयोगले दिएको निर्देशन मान्य नहुने स्पष्ट पारे ।

आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विधानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संशोधन गरेर पुनः पठाउन निर्देशन दिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...