बागलुङ । नेकपा (एमाले) बागलुङको अध्यक्षमा युवा नेता हिराबहादुर केसी निर्वाचित भएका छन् । आज बिहानसम्म भएको मत गणनाअनुसार केसीले आफ्ना प्रतिद्वन्द्वी कृष्ण पाठकलाई १०१ मतको अन्तरमा पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
केसीले ३२९ मत र पाठकले २२८ मत प्राप्त गरेका थिए । एमाले बागलुङको उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल यस अघि नै निर्विरोध भए ।
२ जना उपसमितिका लागि भएको निर्वाचनमा २९९ मत प्राप्त गरी गणेश थापा र २२८ मत प्राप्त गरी डम्मर छन्त्याल विजयी भएका थिए ।
यस्तै, २४ जना खुल्लातर्फका जिल्ला सदस्यहरुमा अमर बहादुर थापाले सबैभन्दा बढी ४२७ मत प्राप्त गरी विजयी हुनु भएको छ । एमालेको नवौँ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा काठेखोला गाउँपालिकाका अध्यक्षसमेत रहेका थापा म्यान अफ द इलेक्सन भएका छन् ।
अन्य खुल्ला सदस्यहरुमा शेखर खड्का (३९७), रुद्र पौडेल (३८४), सम्पन्न श्रेष्ठ (३६८), अनन्तबहादुर खड्का (३६३०), नेत्रबहादुर बिष्ट (३५८), प्रेम लामिछाने (३५७), बालकृष्ण शर्मा (३५६), पुनमप्रसाद शर्मा (३५६) ईश्वरलाल राजभण्डारी (३५५), पवित्रा रोका (३५३), लोकेन्द्रबहादुर केसी (३५३), भुपेन्द्र खड्का (३४३), यमबहादुर श्रीस थापा (३४२), शिव शर्मा (३४२), दिपक गौतम (३३३), रुद्रबहादुर महत क्षेत्री (३३२), सन्दीप खड्का (३२६), खिमबहादुर थापा मगर (३२१०), प्रेमबहादुर केसी (३१९), चन्द्र गणेश (३१३), जितबहादुर क्षेत्री ‘राजन’ (३११), कृष्ण अधिकारी (३०८), खगेन्द्र पौडेल (३०६), विजयी भएका छन् ।
यस्तै भुगोलतर्फ काठेखोला गाउँपालिकाबाट खिम हादुर कार्की (२५६) र खुमबहादुर भण्डारी (२४०) विजयी भएका छन् । अल्पसंख्यकतर्फ ढालेन्द्र शेरचन (३४०) र ताल बहादुर छन्त्याल (२५२) विजयी हुनु भएको छ ।