प्रहरीकी एसपी डाक्टर संज्ञा मल्ललाई राष्ट्र संघीय पुरस्कार

228

काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति सेनामा कार्यरत नेपाल प्रहरीकी उपरीक्षक (एसपी) डा.संज्ञा मल्ललाई ११औँ राष्ट्र संघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यलयले विज्ञप्ति जारी गरी डा.मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टोनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।

डा.मल्ल कंगोस्थित शान्ति सैन्य स्वास्थ्य तथा वातावरण एकाइको प्रमुख छन् । उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...