काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा चन्द्रबहादुर शाहीलाई चयन गरेको छ ।
मुगु प्रदेशसभा क्षेत्र (क)बाट प्रत्यक्ष निर्वाचित उनी पार्टीको पोलिटब्युरो सदस्य र प्रदेशको सहइञ्चार्ज पनि हुन् ।
संसदीय दलले नेता शाहीको नेतृत्वमा तीन मन्त्रालय लिने गरी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
नेता शाहीले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर तिहारलगत्तै आफ्नो पार्टी सरकारमा जाने जानकारी दिए ।
३५ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीका तीन सदस्य छन् ।