बाढी–पहिरो अपडेट : ५२ को मृत्यु, ३० जना सम्पर्कविहीन

377

काठमाडौँ । आइतबारदेखि भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म ५२ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् ।

गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा बढी डोटीका १३ जना, इलामका ११ जना रहेका छन् । यस्तै, हुम्ला, धनकुटा र पाँचथरमा ६–५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

सुनसरीमा २, बैतडी, कालिकोट, डडेल्धुरा, प्युठान, सुनसरी र उदयपुरमा एक–एक जनाको ज्यान गएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

यस्तै, पहिरोमा परेर बझाङमा २३ जना बेपत्ता भएका छन् । साथै, प्युठानमा २, इलाममा ५ जना बेपत्ता भएका छन् ।

बाढी, पहिरो र डुबानमा परेर विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...