काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।
दम रोग पीडित वैद्यलाई आइतबार स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे थियाे । अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्न प्रचण्ड आज बिहान अस्पताल पुगेका हुन् ।
उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यमर्कीले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए ।
प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।