पूर्वप्रधानमन्त्री भट्टराईले बुबाको हातबाट लगाए टीका

281

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बुबाको हातबाट टीका ग्रहण गरेका छन् ।

समाजवादी पार्टीका संघीय अध्यक्ष समेत रहेका भट्टराईले ९२ वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट बडादसैँको अवसरमा टीका ग्रहण गरेका हुन् । उनका परिवारले नै बुबाबाट टीका तथा आशीर्वाद थापेका छन् ।

बडादसैँको मुख्य दिन आज विजयादशमीमा मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...