जाहन्वीको नाडीमा आमा श्रीदेवीको नोटको ट्याटु

469

काठमाडौँ । बलिउड अभिनेत्री जाहन्वी कपुरले आफ्नो हातमा दिवंगत आमा श्रीदेवीले लेखेको नोटको ट्याटु खोपाएकी छिन् । जाहन्वीले ट्याटु खोपाउँदै गरेको भिडियो पोस्ट गरेपछि प्रशंसकहरूले उनको तारिफ गरेका छन् ।

एक समयकी चर्चित हिरोइन श्रीदेवीले आफ्नी छोरी जाहन्वीलाई माया गरेर लब्बु भनेर बोलाउने गर्दथिन् । उनले जाहन्वीको नाममा एउटा नोट लेखेकी थिइन् । सो नोटको केही अंश जाहन्वीले आफ्नो नाडीमा ट्याटुका रूपमा खोपाएकी हुन् । श्रीदेवीकोे २४ फेब्रुअरी २०१८ मा दुबइमा निधन भएको थियो ।

जाहन्वीले केही समय पहिला पनि ‘मिस यु मम’ भन्दै आमाले आफ्नोबारेमा लेखेको नोट सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । ट्याटु खोपाउँदै गरेको भिडियोमा जाहन्वीले जोडजोडका साथ गोबिन्दा गोबिन्दा भनेकी छिन् ।

Share This:
सम्बन्धित खबर
Loading...