बिहे गरेको चार वर्ष नपुग्दै अलग भए नागा र सामन्था

277

काठमाडौँ । साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिएका छन् ।

शनिबार समन्थाले आफूहरूले अलग भएको बताएकी छन् । समन्थाले सामाजिक सञ्जालमार्फत अब आफूहरूले केही दिनमै सम्बन्धविच्छेद गर्ने बताएकी छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू छुट्टिने निर्णय गरेको बताएकी हुन् ।

उनले विज्ञप्तिमा लेखेकी छन्, “धेरै लामो समयको सोचविचार पछि म र नागाले अलग बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रूपमा अलग हुने फैसला गरेका छौँ । हामी भाग्यशाली छौँ किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा हामीबीच विशेष बन्धन रहने छ ।”

नागाले सन् २०१७ को अक्टुबर ६ मा सामन्थासँग विवाह गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...