सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री देउवा

281

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेको भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले लोकतान्त्रिक देशमा सञ्चार माध्यम चौथो अंगका रुपमा स्थापित रहेको भन्दै नेपालले समेत सोही मान्यता अनुसार यसलाई फस्टाउन अभिप्रेरित गरेको उल्लेख गरे ।

उनले रामायण, को बन्छ करोडपतिजस्ता कार्यक्रम प्रसारण गर्न लागेकामा टेलिभिजनलाई धन्यवाद दिए ।

Share This:
सम्बन्धित खबर
Loading...