काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढे पनि ‘हेर्न नमिल्ने’मा परेको छ ।
पूर्णिमायाा लामालगयतले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको थियो ।
प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनवाइका लागि पेसी तोकिएको भए पनि मुद्दा हेर्न नमिल्नेमा परेको हो ।
यसअघि भदौ १६ गते पनि मुद्दा पेसीमा चढेर हेर्न नमिल्नेमा राखिएको थियो ।
द्वन्द्वकालमा भएको एक हत्यामा सभामुख सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।